Tuesday, June 14, 2016

गाँजासहित चार व्यापारी पक्राउ

गाईघाट (उदयपुर)३२ जेठ । इलाका प्रहरी कार्यालय उदयपुर कटारीले आज बिहान एकसय चार किलोग्राम गाँजासहित चारजना गाँजा व्यापारीलाई पक्राउ गरेको छ ।

उदयपुरको रिस्कु गाविस–५ स्थित पाट्ने भन्ने स्थानमा बाहुनीटार क्षेत्रबाट सिरहाको मिर्चैयातर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित चार व्यापारी पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

पक्राउ पर्नेमा ओख्ले गाविस–८ का गणेश हमाल, जीवन ठकुरी, लेखगाउँ गाविस–८ का रामजी मगर र रुपाटार गाविस–६ का केशव ठकुरीलाई गाँजासहित पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts