काठमाडौँ, ३ असार । ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल– भुटान’ ले यस वर्षको ‘रोटरी जर्नाे अवार्ड’ आज छ पत्रकारलाई प्रदान गरेको छ ।
पुरस्कृत हुनेमा सुदर्शन सिग्देल (शिक्षा), शैलजा सिंह (स्वास्थ्य), प्रमोदकुमार टण्डन (वातावरण), राधिका ढकाल (आर्थिक), सिर्जना अर्याल (महिला)र हरिशरण लामिछाने (मूलधार पत्रकारिता) हुनुहुन्छ । उहाँहरूलाई विभिन्न विधागत पत्रकार संस्थाको सिफारिसमध्येबाट निर्णायक समितिले चयन गरी पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु २५ हजार छ ।
रोटरी नेपालका गभर्नर केशव कुँवर र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संयुक्त रुपमा प्रदान गर्नुभयो । पाँच वर्षअघि सो पुरस्कार िदन प्रारम्भ गरिएको थियो । पुरस्कारको चयन समितिमा अध्यक्ष विष्ट, नेपाल प्रेस इस्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक निर्मला आचार्य, मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेत, गभर्नर कुँवर लगायत नौ जना हुनुहुन्थ्यो ।
सो अवसरमा अध्यक्ष विष्टले विकृति र विसङ्गतिको अन्त्य तथा सुशासनका लागि सकारात्मक योगदान दिएका पत्रकारलाई पुरस्कृत गर्नु स्वागतयोग्य परम्परा भएको बताउनुभयो । रोटरी गभर्नर कुँवरले भूकम्पपछि रोटरीले मानव सेवामा सहयोग गर्दै आएको र आगामी दिनमा प्रभावित क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा एकीकृत बस्तीसहित एक हजार घर र १४० विद्यालय बनाउने योजना रहेको जानकारी दिनुभयो ।
रोटरीका पूर्व गभर्नर तीर्थमान शाक्यले सकारात्मक पत्रकारिताको प्रवद्र्धनमा रोटरी पुरस्कारले प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । रोटरीका कोषाध्यक्ष नुगल वैद्यले आगामी दिनमा सञ्चालन हुने रोटरीका सामाजिक काममा पत्रकारिताका संस्थासँग थप परामर्श गरी अघि बढ्ने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment