Sunday, June 12, 2016

रसुवागढीबाट सुनसहित एक पक्राउ

धुन्चे (रसुवा), ३० जेठ । अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको छ किलो सुनसहित एक जनालाई आज अपराह्न रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार छ किलोभन्दा बढी पेटी बनाएर कम्मरमा बाँधी ल्याएको अवस्थामा मितेरी पुलमै संयुक्त सुरक्षा जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन् । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु दुई करोड ८२ लाख भएको अनुमान गरिएको छ ।

सुनसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । सुन तस्करको प्रकरण भएकाले त्यसको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो ।

प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी राजस्व विभागमा बुझाउने तयारी गरिरहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts