Saturday, June 11, 2016

दशरथचन्द नगरपालिका खुलादिसामुक्त

बैतडी, २९ जेठ । बैतडीको दशरथचन्द नगरपालिकालाई आज एक कार्यक्रमकाबीच खुलादिसामुक्त घोषणा गरिएको छ ।

नगरपालिकामा रहेका तीन हजार ३३४ घरधुरी तथा ९९ सार्वजनिक संस्थामा शौचालय निर्माण भई प्रयोगमा आइसकेपछि नगरपालिकालाई खुलादिसामुक्त घोषणा गरिएको नगरपालिकाका कार्यकारी अधिकृत डम्बरदत्त पाण्डेयले बताउनुभयोे ।

यससँगै बैतडीका ५६ वटै गाविस र दुईवटै नगरपालिका खुलादिसामुक्त घोषणा भइसकेका छन् भने अब बैतडी जिल्लालाई नै खुलादिसामुक्त घोषणा औपचारिकरुपमा मात्र गर्न बाँकी छ ।

आगामी असार १० गते जिल्लालाई नै खुलादिसामुक्त घोषणा गर्ने तयारी भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्राविधिक दीपक केसीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts