Saturday, June 11, 2016

राज्यलाई कर नतिरेको भन्दै ‘विप्लव’ पक्षधरद्वारा एनसेल टावरमा आगजनी

गोरखा, २९ जेठ । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेका छन् ।

नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर आज बिहान टावरमा आगो लगाएका हुन् ।

नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिनुभएको छ । उहाँले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताउनुभयो ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उहाँको भनाइ छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।

तीन जनाको समूहले टावरमा लगाएको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएका हुन् । आगलागीबाट टावरमा के, कति क्षति पुगेको भन्नेबारे पूर्ण जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले टावरमा आगो लगाउने समूहको खोजी भइरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts