काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री सिपी मैनालीले बोक्सीका नाममा गरिब तथा असहाय महिलामाथि हुने हिंसालाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र, नेपाल धामीझाँक्री उत्थान समितिको तेस्रो वार्षिक साधारणसभा तथा बोक्सीका नाममा बढिरहेको सामाजिक हिंसा अन्त्य गर्ने चेतनामूलक कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले धामीझाँक्रीबाट हुने सकारात्मक ज्ञानलाई संरक्षण गर्दै तिनले प्रयोग गर्ने जडीबुटीबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमको आवश्यकता छ भन्नुभयो । सांसद बहादुरसिंह लामाले धामीझाँक्रीबारे अनुसन्धान गरेर संरक्षण गर्नुपर्ने आँैल्याउनुभयो ।
पूर्वमन्त्री रामकुमार श्रेष्ठले धामीझाँक्रीबाट महिलालाई बोक्सीका नाममा लगाइने लान्छनाको अन्त्य गर्न कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजमा शैक्षिक, स्वास्थ्य, सामाजिक र सांस्कृतिक माध्यमबाट योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिनाका साथै परम्परागत सांस्कृतिक झाँक्री नृत्य समेत प्रस्तुत गरिएको थियो । रासस
No comments:
Post a Comment