Monday, June 6, 2016

ट्रकको ठक्करबाट मृत्यु

तनहुँ, २४ जेठ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ना६ख ४६५२ नं को ट्रकले विपरीत दिशाबाट आइरहेको एक मोटरसाइकललाई आज बन्दीपुर–८ गोरेचौतारामा ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट ग६प १६८३ नं को मोटरसाइकलमा सवार चितवनका २४ वर्षीय किशोर दरैको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते दरैको उपचारका क्रममा काठमाडौंस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक कास्कीका २० वर्षीय सचीन गौतम भने घाइते भएका छन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts