ताप्लेजुङ, २४ जेठ । ओलाङ्चुङगोला सहित चार गाविसलाई लक्ष्य गरी सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट १९३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
शनिबार र आइतबार सञ्चालित घुम्ती शिविरमा जिल्ला स्वास्थ्य कार्यलयका तर्फबाट ३१८ जनाले स्वास्थ्य सेवा लिएका छन् । यस्तै जिल्ला कृषि विकास कार्यालयका तर्फबाट २०७ जनाले विभिन्न जातका बीउबिजन पाएका छन् ।
शिविरमा जिल्ला निर्वाचन कार्यालयले १९९ जनालाई तस्बिर सहितको मतदाता परिचयपत्र तथा महिला तथा बालबालिका कार्यलयले १७ जनालाई अपाङ्ग परिचयपत्र प्रदान गरेको निमित्त प्रजिअ सुरेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसैगरी शिविरमा दुई हजार ३८२ पशुपक्षीका लागि २१६ घरधुरीलाई जिल्ला पशु सेवा कार्यालयले औषधि वितरण गरेको जनाइएको छ । रासस
No comments:
Post a Comment