Friday, June 10, 2016

‘राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने’

चितवन, २९ जेठ । नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले, “वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।”

वर्तमान सरकारले मधेसीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उहाँले सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि बताउनुभयो ।

भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको नेता महतले उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts