Friday, June 10, 2016

यूरोकपमा आयोजकको विजयी शुरुवात

काठमाडौ । युरो कप २०१६ मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ ।
राजधानी पेरिसको स्टेड डी फ्रान्समा गएराती भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हरायो । फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको गोल महत्वपूर्ण बन्यो । गएको नोभेम्बरमा एक सय ३० जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमण भएकै रंगशाला स्टेड डी फ्रान्समा भएको खेलमा पेयटले घरेलु समर्थकलाई अन्तिममा ठूलो खुसीप्रदान गरे ।
फ्रान्सले घरेलु मैदानमा भएका प्रतियोगितामा उपाधि आफ्नो पक्षमा पारेको विगतको इतिहास छ । सन् १९८४ को युरो तथा १९९८ को विश्वकप फुटबल आयोजना गरेको फ्रान्सले उपाधि जितेको थियो ।
यसपटक पनि आयोजक राष्ट्र भएकाले युरोकपको उपाधि बलियो दाबेदार फ्रान्सलाई पनि हो । यसको सुरुवात उसले जितका साथ गरेको छ । खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts