पर्सा, २० जेठ । नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले आर्थिक समुद्धि हासिल गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले काँग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रित लगायत प्रमुख राजनीतिक दलबीच छलफल भई राष्ट्रिय सरकारको गठन गरेर स्थानीय निकायको निर्वाचन गराउन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“बन्दहडतालले मुलुकलाई पछाडि धकेल्ने भएकाले राष्ट्रको समृद्धि र जनतालाई खुसी देख्न चाहने दलले आन्दोलनबाट नभई वार्ता र सहमतिबाट निकास खोज्दै राष्ट्र निर्माणमा लागिपर्ने बेला आएको छ ।”
नेता नेपालले खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले ल्याएको बजेटले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गर्दै जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर भएको र अब माछा, मासु, खाद्यान्न बालीलगायत अति आवश्यकीय खाद्यान्न बालीको उत्पादनलाई वृद्धि गरी तीन वर्षभित्र आत्मनिर्भर बनाउन सडक विस्तारदेखि कृषिमा यान्त्रिकीकरण र सिँचाइ सुविधाको विस्तार आवश्यक छ भन्नुभयो । रासस
No comments:
Post a Comment