Thursday, June 2, 2016

टुरविज नेपाल डटकम सञ्चालनमा

काठमाडौँ, २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले टुरविज नेपाल डटकमको आज शुभारम्भ गर्नुभयो ।

सो अवसरमा पिसफुल मिडिया प्रालिले आयोजना गरेकोे ‘सञ्चारमा पर्यटन’ विषयमाथिको अन्तक्र्रिया उहाँले पर्यटन क्षेत्रको विकास र विस्तारको लागि सञ्चार क्षेत्रको ठूलो भूमिका रहने बताउनुभयो ।

नेपाल पर्यटन पत्रकार सङ्घ (जाट) का अध्यक्ष देवी पन्तले नेपालमा पर्यटन उद्योग विकासका लागि प्रशस्त संभावना रहेको बताउनुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले पर्यटन प्रवद्र्धन गर्नसके देशमा रोजगारी सिर्जना हुनुको साथै आर्थिक उन्नति हुने र त्यसका लागि सञ्चार क्षेत्रसँग समन्वय गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पिसफुल मिडिया प्रालिका प्रबन्धक मनिषा अवस्थीले कुनै पनि क्षेत्रको विकास र विस्तारका लागि सोही क्षेत्रसँग सम्बन्धित समाचार मात्रै प्रकाशन र प्रसारण गर्ने छुट्टै मिडिया हुनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts