काठमाडौ । केहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
मोहनले एडमन्ड युन (Edmund Yuen) संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए ।
यो स्पर्धामा मोहनले लगातार तेश्रो पटक स्वर्ण जितेका हुन् । भिक्टोरियन जुडो टिमको प्रतिनिधित्व गरेका मोहनले २०१४ र २०१५ को अस्ट्रेलियन राष्ट्रिय जुडोमा पनि स्वर्ण जितेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।
भिक्टोरियास्थित गिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा मोहनले ६० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमा मोहन पाँचौं स्थानमा रहे । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।
मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।
Sunday, June 12, 2016
अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment