Sunday, June 12, 2016

अफगानिस्तानमा पनि बढ्यो आइएसको प्रभाव

जलालावाद, ३० जेठ । अफगानिस्तानमा पछिल्लो समयमा आइएसको प्रभाव रहेको पाइएको छ । शनिबार अफगानिस्तानमा भएको एक सैनिक कारबाहीका क्रममा ठूलो सङ्ख्यामा आइएसका लडाकू मारिएपछि यो पुष्टि भएको हो ।
शनिबार अफगानिस्तानको पूर्वी प्रान्त नान्गारमा ती लडाकू मारिएका छन् । अफगानिस्तानको सेनाले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।
अफगान गृहमन्त्रालयले दिएको जानकारीअनुसार सो कारबाहीमा परी आइएसका कम्तीमा पनि १३ जना लडाकू मारिएका बताइएको छ ।
साथै सो कारबाहीमा अफगान सुरक्षाबलका चार सदस्य पनि मारिएका छन् । नान्गार प्रान्तका प्रान्तीय गभर्नर अतुल्लाह खोगियानीले सो जानकारी दिएका छन् ।
उक्त प्रान्तको देहाबाला जिल्लामा रहेको प्रान्तीय प्रहरी प्रमुखको कार्यालयमा उनीहरुले हमला गरेका थिए । सो हमलाको जवाफी फायरका क्रममा ती लडाकू मारिएका छन् ।
प्रहरी चौकीमा आक्रमण गरेपछि अफगानिस्तानको संयुक्त सुरक्षा फौजले जवाफी कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा सोही कार्यालयमा रहेका चार जना प्रहरी पनि मारिएका छन् ।
पछिल्लो समयमा अफगानिस्तानमा पनि आइएसको प्रभाव फैलिन थालेको बताइएको थियो । यसतर्फ सचेत हुन पनि अमेरिकाले बेला बेलामा भन्ने गरेको थियो ।
शनिबार अमेरिकी रक्षामन्त्री आस्तोन कार्टरले अफगास्तिानमा अमेरिकी थप सैन्य विस्तार हुनसक्ने सङ्केत गरिरहेका बेला यता अफगानिस्तानमा पनि यसरी आइएसकै यो हिंसात्मक आक्रमण भएको छ

सिरियामा पनि आइएसको आक्रमण

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार सिरियामा पनि शनिबार आइएसले गरेको शक्तिशाली आक्रमणमा २० व्यक्तिको मृत्यु भएको छ ।

सिरियाको राजधानी दमास्कस नजिकै रहेको सिया धर्मावलम्बीको तीर्थस्थलमा शनिबार भएको आत्मघाती आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको यहाँको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

सैइदा जेनाद मस्जिदको प्रवेशद्धारनजिकै भएको यस विष्फोटमा परी १३ जना सर्वसाधारणसहित २० जनाको मृत्यु हुनुको साथै अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts