काठमाडौँ, १२ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जतिसक्दो चाँडो संसद्को बैठक सञ्चालन गर्न सहयोग पु¥याउन प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रससँग आग्रह गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाद्वारा यहाँ आज आयोजित सम्मान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहुनभएका मन्त्री राईले काँग्रेसले जुन विषयलाई उठाएर संसद् अवरोध गरेको छ, त्यो गैरजिम्मेवार र गलत छ भन्नुभयो ।
प्रमुख प्रतिपक्षी दलले उठान गरेको मागलाई सम्बोधन गर्न र हालै अफगानिस्तानको राजधानी काबुलमा नेपालीमाथि भएको घटना तथा यसबारे सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओली आज संसद्मा उपस्थित भए पनि प्रतिपक्षको अवरोधका कारण स्थगित भएको हो ।
मन्त्री राईले जारी संविधानको कार्यान्वयनसँगै मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने सरकारको उद्देश्यअनुसार मधेसी दलसँग एक÷दुई दिनभित्रमै निर्णायक वार्ता हुने बताउनुभयो ।
मधेसी मोर्चाले संविधान पुनर्लेखनलगायत पुरानै सातबुँदे मागलाई अघि सारेको खण्डमा भने वार्ता र सहमति हुन नसक्ने मन्त्री राईको दाबी छ । “वार्ता सरकारका कारण होइन, मधेसी दलको आन्तरिक कारणले हुन सकेको छैन”– उहाँले भन्नुभयो ।
समग्र मिडिया क्षेत्र र त्यसभित्रको अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न सरकारले मिडिया नीति र अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका ल्याउने तयारी गरिहेको समेत मन्त्री राईले जानकारी दिनुभयो ।
“अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका आएपछि कतिपय टीकाटिप्पणी सुरु भएको छ, मिडियालाई अङ्कुश लगाउने विषयमा सरकारले सोच्नसमेत सक्दैन, छलफलका आधारमा निर्देशिका पुनर्लेखन गरिनेछ”– उहाँले भन्नुभयो । उहाँले अहिलेसम्म मन्त्रालयले पत्रकारिता दिवस, पत्रकार बिमा, पत्रकारको न्यूनतम पारिश्रमिकलगायत महत्वपूर्ण विषयमा काम गरिसकेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चारमाध्यमको सङ्ख्या वृद्धि मात्रै भन्दा पनि गुणात्मक वृद्धिसँगै ती सञ्चारमाध्यमलाई पूर्णरूपमा सबै समुदायको सहभागितासहितको समावेशिता बनाउनुपर्ने माग गर्नुभयो ।
समाज परिवर्तन गर्ने आवाजविहीनको आवाज पत्रकारको भौतिक र आर्थिक सुरक्षाको सुनिश्चित गरिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष विष्टले पछिल्लोपटक सरकारले ल्याएको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउन खोजेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकारलाई सम्मान
फोनिज काठमाडौँ शाखाले पत्रकारिताका माध्यमबाट आदिवासी जनाजाति र अन्य क्षेत्रमा समेत योगदान पु¥याएबापत पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक निर्मला आचार्यलाई सम्मान गरेको छ ।
त्यसैगरी महाप्रबन्धक आचार्यसँगै क्रियाशील पत्रकार महिलाकी अध्यक्ष तथा प्रेस काउन्सिल नेपाल, सञ्चालक समिति सदस्य शुभेक्षाबिन्दु तुलाधर, गोरखापत्र दैनिकका प्रधान सम्पादन पुष्कर माथेमा, राजधानी दैनिकका सम्पादक राजन शर्मा, साहित्यकार तथा पत्रकार धु्रव मधिकर्मी, पत्रकार रमिता लामा, पुष्पहरि क्याम्बा राई, प्रदीप म्याङ्बो, कालीमैया चौधरी र राजकुमार श्रेष्ठलाई समेत सम्मान गरेको छ ।
सम्मानपछि महाप्रबन्धक आचार्यले पत्रकारका रूपमा भन्दा पनि आफू तुलाधर परिवारको छोरी भएको हुँदा छोरीका रूपमा (फोनिज) ले सम्मान गरेको अनुभूति सुनाउनुभयो । उहाँले आफ्नो पत्रकारिता २०४६ सालदेखि सुरु गेर तापनि नयाँ पुस्ताका पत्रकारसँगै सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक पुष्कर माथेमा, राजधानी दैनिकका सम्पादक राजन शर्मा र प्रेस केन्द्र नेपालका सचिवालय सदस्य बलराम थापाले विषयवस्तु र सहभागिताका हिसाबले सबै सञ्चारमाध्यम समावेशी हुनुपर्नेमा जोड दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment