Thursday, June 9, 2016

बजेट कार्यान्वयन भए संविधान कार्यान्वयन : मन्त्री खरेल

दमक, २७ जेठ । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले वर्तमान सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयन हुनसकेमात्र संविधान कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

मन्त्री खरेलले ओली नेतृत्वको सरकारले ल्याएको बजेट लोकप्रिय रहेको भन्दै प्रतिपक्षी सांसदहरुले समेत सो बजेटको स्वागत गरेको दाबी गर्नुभयो ।

आज झापाको महाभारास्थित बालकल्याण उच्च माविको उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री खरेलले शिक्षा क्षेत्रमा देखिएका समस्याको हल गर्न हालै पारित भएको शिक्षा ऐन महत्वपूर्ण हुने पनि जिकिर गर्नुभयो । उहाँले सरकारले शिक्षाको समग्र विकासमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षाको विकासबिना राज्य अगाडि बढ्न सक्दैन ।” मन्त्री खरेलले सो विद्यालयलाई योगदान पु¥याउने २७ जनालाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो । विसं २०७२ साल असारमा उच्च मावि तहको सम्बन्धन पाएको उक्त विद्यालयले गएको वर्षदेखि उच्च मावि तहको पठनपाठन सञ्चालन गर्दै आएकोे छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts