Thursday, June 9, 2016

क्रसकन्ट्री दौडमा बूढाथोकी प्रथम

नेपालगन्ज, २७ जेठ । नेपाल खेलकुद महासङ्घले आज नेपालगन्जमा आयोजना गरेको क्रस कन्ट्री रिले दौड प्रतियोगिताको पाँच किमी दौडमा सागर बूढाथोकी, प्रवीन ओली र हरि घारुक क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

त्यसैगरी, तीन किमी महिला प्रतिस्पर्धामा लक्ष्मी थारु प्रथम, रुपा थारु दोस्रो र धना सुनार तेस्रो भइन् ।

प्रतियोगिता समापन समारोहमा महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेल, खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादव, नेपाल ओलम्पिक कमिटीका महासचिव टेन्डी लामा शेर्पा र सांसद देवराज भारले विजयी खेलाडीलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts