Friday, June 3, 2016

औषधि पसल बन्द गरेर विरोध

चितवन, २२ जेठ । स्थानीय प्रशासनले आफ्ना तीन सदस्यलाई झुटा मुद्दा लगाएको भन्दै यहाँका औषधि व्यवसायीले आज सम्पूर्ण औषधि पसल बन्द गरेर विरोध जनाएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ चितवनका अध्यक्ष शिवप्रसाद पण्डितले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालन गरेका रक्षा फार्मेसीका राजेन्द्र तिवारी, तिर फार्मेसीका रामचन्द्र पौडेल र सुस्वास्थ्य मेडिकलका कृष्णप्रसाद खनाललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि आफूहरु आन्दोलित हुनु परेको बताउनुभयो ।

फार्मेसी पछाडि अरुको स्वामित्वमा रहेका ल्याब तथा डेण्टल क्लिनिकमा सञ्चालक नभेटेको भन्दै प्रहरीले जबर्जस्ती पक्राउ गरेको उहाँको आरोप छ ।

पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । त्यसको साङ्केतिक विरोधको रुपमा आज र भोलि दिउँसो १ बजेसम्म फार्मेसी बन्द गरेर विरोध जनाइने उहाँले बताउनुभयो । जिल्लामा झन्डै ४०० औषधि पसल रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts