Friday, June 3, 2016

बेपत्ता किरियापुत्री मृत भेटिए

रत्ननगर (चितवन), २२ जेठ । चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ ।

नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दराईको शव शुक्रबार भेटिएको हो । घटनास्थलबाट करिब १०० मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts