काठमाडौँ, १३ असार । विनाशकारी भूकम्पपछि खोज तथा उद्धारका खटिएका बेला हेलिकप्टर दुर्घटनमा परी मृत्यु भएका सैनिक परिवारलाई आज राहत प्रदान गरिएको छ ।
अमेरिकास्थित सिकागो निवासी नेपाली समुदायको समन्वयमा सङ्कलित रकम रु एक लाख ६३ हजार ५६० आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका छन् ।
उक्त रकम दुर्घटनामा परी मत्यु हुने सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तितराको परिवारलाई रु ८१ हजार ७८० प्रदान गर्न उक्त कार्यक्रममार्पmत नेपाली सेनालाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भूकम्पपछिको खोज तथा उघारका लागि दोलखाको सुनखानी क्षेत्रमा गएको अमेरिकी सेनाको हेलिकप्टर वैशाख २९ गते दुर्घटना हुँदा अमेरिकी सेनासहित नेपाली सेनाका सहसेनानी तपेन्द्रबहादुर रावल र जमदार वसन्तबहादुर तितराको मृत्यु भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment