काठमाडौँ, १३ असार । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगितामा दुवै टोलीले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यस्तै समूह चरणमा एक जित एक हारको नतिजा निकालेका न्यू डायमन्ड र पश्चिमाञ्चल भलिबल टिमसमेत उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अब सेमिफाइनलमा एपिएफले न्यू डायमण्ड र पुलिसले पश्चिमाञ्चलसँग खेल्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको लिग खेलमा एपिएफले दोहोरो सफलता निकाल्यो । पहिलो खेलमा एपिएफले पश्चिमाञ्चलाई २५–८, २५–१६ र २५–१५ को सोझो सेटमा हरायो भने अर्को खेलमा उसले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१४, २५–५ र २५–४ ले पराजित ग¥यो ।
त्यस्तै, पुलिसले त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१५ को सोझो सेटमा हरायो । सेमिफाइनल खेल मङ्गलवारदेखि शुरु हुनेछ ।
जिएए र प्राइमको जित
जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा जित हात पारेका छन् ।
बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेलमा पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित ग¥यो । जिएएको जितमा विकास गुरुङले २२ अङ्क योगदान गरे । जेभियरका विनेश न्यौपानेले १८ अङ्क बटुले ।
पहिलो क्वार्टरमा १९–१४ को अग्रता लिएको जिएएले दोस्रोमा पनि अग्रतालाई कायम राख्दै २५–१५ अङ्क जोड्यो । जिएए तेस्रोमा १६–१७ ले पछि प¥यो भने चौथोमा पुनः २५–२३ को अग्रता हासिल ग¥यो ।
महिलाको राउन्ड लिगमा प्राइमले जेभियरलाई ३५–१८ ले सहजै हरायो । प्राइमकी लुनिभा सिंहले १२ स्कोर गरिन् । जेभियरबाट साइना मगरले ८ अङ्क जोडिन् ।
प्राइमले पहिलोमा ९–६ र दोस्रोमा ६–० को प्रदर्शन ग¥यो । त्यस्तै प्राइमले तेस्रोमा ८–१० र चौथोमा १२–२ अङ्क जोड्यो । रासस
No related posts.
No comments:
Post a Comment