हुम्ला, २४ जेठ । व्यवस्थापिका–संसद् विकास समितिका सभापतिलगायत अनुगमन टोलीसँग जिल्लाका विभिन्न दलका नेताहरुले हुम्ला जिल्लाको विकासका बारेमा छलफल गरेका छन् ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीसहित पूर्णबहादुर विक, जीवनबहादुर शाही, जानकीकुमार रावल, मोहन बानियाँ, ललीजङ्ग शाही, सीता गिरी, यज्ञबहादुर थापा, रामकुमार राईलगायत कर्णाली अञ्चलका सभासद्हरुले जिल्लाको विकास निर्माणका बारेमा अन्तक्र्रिया गर्नुभएको थियो ।
विकास समितिका उपसंयोजक जीवनबहादुर शाहीले हुम्ला जिल्लाका सडक निर्माणका लागि रु १० करोड छुट्याउनका लागि सरकारसँग माग गर्नुभएको थियो ।
समितिका सभापति रवीन्द्र अधिकारीले कर्णाली करिडोर सडक निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएपछि हुम्ला जिल्लामा दुई वर्षभित्र मोटर आइपुग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणको गतिविधिबारेमा जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment