काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहनुभएका लायन्स क्लब इन्टरनेसनलका प्रथम उपाध्यक्ष लायन रोर्बेट ‘बोब’ ई कोरलियोले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा नेपालको शिक्षा, स्वास्थ्य, विशेषगरी महिला स्वास्थ्य तथा सुरक्षित मातृत्व), वातावरण संरक्षण तथा गत वर्षको विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणजस्ता सामाजिक क्षेत्रमा लायन्स क्लब इन्टरनेसनलले निर्वाह गरेको सहयोगात्मक भूमिकालगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा राष्ट्रपतिको कार्यालय सम्बद्ध उच्च अधिकारी तथा लायन्स क्लब इन्टरनेसनल नेपालका विभिन्न लायन्स पदाधिकारीको समेत उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment