Friday, June 10, 2016

राष्ट्रिय सहमति बनाउनतर्फ लाग्नुपर्छ : दाहाल

वीरेन्द्रनगर (सुर्खेत), २८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले सरकार गिराउनतर्फ नलागी सबै दल राष्ट्रिय सहमति बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं ६ को पार्टी एकता भेलाका लागि आज सुर्खेत आउनुभएका अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी दिँदै मुलुकको अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमति नै भएको स्पष्ट गर्नुभयो ।

संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उहाँले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts