Friday, June 10, 2016

राष्ट्रपतिसमक्ष राजदूतको बिदाइ भेट

काठमाडौँ, २८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा उर्स हेरेनले आज बिदाइ भेट गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र पारस्परिक हितका विषयमा छलफल भएको तथा राजदूतले नेपालमा रही निर्वाह गर्नुभएको भूमिकाप्रति राष्ट्रपतिले सराहना गर्दै राजदूतलाई धन्यवादसमेत दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts