जाजरकोट, २२ जेठ । खुमाउरे खोला सिँचाइ योजना खगेनकोट–९ का उपभोक्ता तेजबहादुर सिंह बाँकी रकम भुक्तानी लिन सदरमुकाम आउन थालेको दुई वर्ष बढी भइसक्यो । तर सिंहलाई जति पटक सदरमुकाम आए पनि रकम नभएको भन्दै जिल्ला प्राविधिक कार्यालयले खाली हात फर्काउने गरेको छ ।
उहाँको सिँचाइ योजना रु छ लाखमा सम्झौता भएको थियो । तेजबहादुरले अहिलेसम्म काम सबै पूरा गरे पनि प्राविधिक कार्यालयबाट रु एक लाख २० हजार मात्र लिएका छन् । उनले बाँकी रकम ऋण काडेर पाइप खरिद गरी योजनाका काम सम्पन्न गरेको बताए । केन्द्रबाट रकम नआएको भन्दै जिल्ला प्राविधिक कार्यालयले बाँकी रकम निकासा नगर्दा रु चार लाख ८० हजार आफैँले खेत बिक्री गरी ऋण तिर्न बाध्य भएको उनको गुनासो छ ।
त्यस्तै जनविकास निम्न माध्यमिक विद्यालय रग्दाको विद्यालय भवन निर्माण कार्य सम्पन्न भए पनि जिल्ला प्रविधिक कार्यालयले सम्झौता गरेर पनि केन्द्रबाट रकम नआएको भन्दै रकम दिन नमाने पछि उपभोक्तामाथि ऋण परेको छ ।
जिल्लाका १० वटा सिँचाइ योजना र आठ वटा विद्यालय शान्ति तथा पुनःनिर्माण मन्त्रालयले शान्तिका लागि विकास कार्यक्रममार्फत जिल्ला प्राविधिकलाई सम्झौत गर्न लगाएको थियो ।
आर्थिक वर्ष २०६७ देखि ६८ सालदेखि लागू भएको यो कार्यक्रमबीचमा योजना निर्माण कार्य पूरा नहुँदै रोकिएपछि यहाँका दर्जन बढी योजना अलपत्र परेका हुन् ।
उपभोक्तालाई जिल्ला प्राविधिक कार्यालयले क्रमागत योजना भन्दै धमाधम काम गर्न भनेपछि सबै उपभोक्ताले ऋण काडेर योजना सम्पन्न गरेपनि रकम नआएको भन्दै जिल्ला प्राविधिक कार्यालयले अन्तिममा आधा रकम निकासा नदिएपछि उपभोक्ता घरखेत बिक्री गरी योजनामा लागेको रकम तिर्न बाध्य भएको हिमालय देवी निमावि सिर्पाचौरका उपभोक्ता कालीबहादुर थापाले बताए ।
यता जिल्ला प्राविधिक कार्यालयका प्रमुख बालकृष्ण खनाले यी योजनाको क्रमागत भएका कारण शान्ति मन्त्रालयबाट रकम नआएका कारण निकासा गर्न समस्या भएको बताए । रासस
No related posts.
No comments:
Post a Comment