Friday, June 3, 2016

चट्याङ लागेर बालकको मृत्यु

बाबियाचौर (म्याग्दी), २२ जेठ । म्याग्दीको देवीस्थानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

देवीस्थान–८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङले लागेर स्थानीय १० वर्षीय दीपक फगामीको मृत्यु भएको हो ।

छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दीपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयवासी ओमबहादुर पुनले जानकारी दिनुभयो । चट्याङ लागेर मनप्रसाद फगामीको घरमा पालेको एक वटा बाख्रा पनि मरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts