Sunday, June 5, 2016

करेन्ट लागेर मृत्यु

कञ्चनपुर, २३ जेठ । भीमदत्तनगरपालिका–१६ वसन्तपुरमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

ना६ख २७९३ नं को ट्रकबाट गोदाममा सिमेन्ट राख्ने क्रममा त्रिपाल मिलाउँदै गर्दा ट्रकका सहचालक कैलाली सहजपुर गाविस ९ का १८ वर्षीय अर्जुन विकको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक र ट्रकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts