Sunday, June 5, 2016

गुटको राजनीति अन्त्य हुनुपर्छ–नेता खनाल

चितवन, २३ जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको गुटको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

एमाले रत्ननगर नगर कमिटीको सातौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै नेता खनालले देशमा राष्ट्रिय स्वाधीनताको लडाइँ भइरहेको समयमा पार्टीभित्र गुटको लडाइँ गर्दा राष्ट्रिय स्वाधीनता कमजोर हुने बताउनुभयो ।

यसपटकको बजेट अहिलेसम्मकै उत्कृष्ठ भएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले बजेट र संविधानका विषयमा गाउँगाउँमा पुगेर आम सर्वसाधारणलाई बुझाउन कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

एमाले नगर कमिटी अध्यक्ष प्रेमनाथ दुवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य सीता पौडेललगायतले बजेटको प्रशंसा गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts