काठमाडौँ, २३ जेठ । वरिष्ठ गायक फत्तेमान राजभण्डारीको स्मृतिमा प्रकाशित ‘सम्झनामा फत्तेमान’ स्मृति ग्रन्थ प्रकाशनमा आएको छ ।
इमान्दारितालाई नै आफ्नो सम्पत्ति ठान्ने गायक फत्तेमानले पाँच दशक लामो साङ्गीतिक यात्रामा ४०० भन्दा बढी कालजयी गीत, सङ्गीतको सिर्जना गर्नुभएको थियो ।
ग्रन्थको लोकार्पण गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति सरुभक्तले फत्तेमान नेपाली साङ्गीतिक आकाशका चम्किला तारा भएको बताउनुभयो ।
साहित्यकार यादव खरेलले अमर गायक फत्तेमानले लाखौँ स्रोताको भावना गीत सङ्गीतमार्फत बोक्नु भएको बताउनुभयो ।
वासुशशी स्मृति परिषद्ले प्रकाशन गरेको ग्रन्थको लोकार्पण अवसरमा गायिका सङ्गीता शाक्य र शैलेस सिंहले फत्तेमानको कालजयी गीत प्रस्तुत गर्नुभएको थियो । रासस
No comments:
Post a Comment