काठमाडौँ, १२ असार । मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७२’ यही असार १४ गते प्रदान गर्ने भएको छ ।
फाउन्डेसनले यहाँ आज पत्रकार सम्मेलन गरी जनही रु एक लाख एक रुपैयाँ राशिको २०७१÷७२ को दुईवटा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
पुरस्कृत व्यक्तिको नाम १४ गते कार्यक्रमस्थलमा सार्वजनिक गरिने फाउन्डेसनका सचिव तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिने सो पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल अतिथि रहनुभएको छ ।
जन्मजयन्तीका अवसरमा फाउन्डेसनले रक्तदान कार्यक्रमका साथै विभिन्न प्रतियोगिताको समेत आयोजना गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment