Monday, June 6, 2016

सदनमा तार्किक र सशक्त रुपमा प्रस्तुत हुन निर्देशन

काठमाडौँ, २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पार्टीका सांसदलाई सदनमा तार्किक र सशक्त रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

व्यवस्थापिका–संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा काँग्रेस संसदीय दलमा आज भएको छलफलमा पार्टी सभापति देउवाले प्रजातन्त्रलाई बलियो बनाउन काँग्रेस नै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दलको कर्यालय सिंहदरबारमा भएको अनौपचारिक बैठकमा सदनमा प्रस्तुत भइरहेका विधेयकका सम्बन्धमा छलफल भएको सचेतक ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा सरकारले सदनमा प्रस्तुत गरिरहेका विधेयक र संसद् नियमावलीमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सदस्यहरुले धारणा राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts