Monday, June 6, 2016

सहिद आचार्यको शालिक शिलान्यास

काँकडभिट्टा (झापा), २४ जेठ । शान्तिनगर–६ सुनमाइमा १५ वर्ष अघि हत्या गरिएका सहिद याम आचार्यको शालिकको आज शिलान्यास गरिएको छ ।

तत्कालीन माओवादी जनयुद्धका क्रममा हत्या गरिएका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि आचार्यको शालिकको आज एक कार्यक्रमबीच सांसद नरेन्द्रविव्रmम नेम्वाङले शिलान्यास गर्नुभयो ।

सहिद याम आचार्य प्रतिष्ठानले १० धुर जग्गा खरिद गरी रु दुई लाख ७५ हजारको लागतमा शालिक निर्माण गर्न लागेको हो । शालिक निर्माणका लागि जिविसले रु एक लाख र प्रतिष्ठानकै अध्यक्ष विमल आचार्यले रु एक लाख ७५ हजार उपलब्ध गराएका छन् ।

आचार्यको हत्या भए कै दिन आगामी साउन ७ गते शालिक अनावरण गरिने प्रतिष्ठानले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts