Friday, June 10, 2016

जथाभावी नबोल्न सर्वोच्चको ध्यानाकर्षण

काठमाडौ, २८ जेठ । मुद्दाको सुनुवाइ प्राथमिकताका आधारमा हुने भन्दै सर्वोच्च अदालतले आफ्नो कार्यक्षेत्रको बारेमा जथाभावी नबोल्न शीर्ष नेताहरुलाई आग्रह गरेके छ ।
आज एक विप्ति निकाल्दै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवाको केही दिनअघिको अभिव्यक्तिाप्रति संकेतगर्दै ध्यानाकर्षण गराएको हो । देउवाले केही दिनअघि सर्वोच्च अदालतमा ११ न्यायाधीशको सिफारिस विरुद्ध परेको रिटमाथि सुनुवाइ नभएको भन्दै टिप्पणी गर्नु भएको थियो ।
निवेदन पेशीमा नचढेको र सुनुवाइ नभएको विषयलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा भएका जिम्मेवार व्यक्तिहरुबाट दिइएका अभिव्यक्ति भनी हालै विभिन्न सञ्चार माध्यमहरुमा प्रेसित समाचारहरुप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts