Monday, June 6, 2016

उपराष्ट्रपति स्वागत समारोहमा

काठमाडौँ, २४ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन इजरायलको ६८ औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ नेपालका लागि इजरायलका राजदूत यारोन मायरले यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा राजदूत मायरले इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) र इजरायली मानवीय सङ्गठन मार्फत नेपालको पुनःनिर्माणमा इजरायले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको नयाँ संविधान, राजनीतिक स्थायित्व र आर्थिक विकासप्रति इजरायलको दृढ समर्थन रहेको बताउँदै उहाँले इजरायल र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सकारका उच्च अधिकृत, उद्योगपति, व्यापारी र सञ्चारकर्मीको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts