Tuesday, June 7, 2016

सर्पले डस्दा महिलाको मृत्यु

रौतहट, २५ जेठ । विषालु सर्पले डसेर आज गौर नगरपालिका–१० बस्ने ५६ वर्षीया तेतरी खातुनको मृत्यु भएको छ ।

खाना पकाउन गोठबाट दाउरा निकाल्दै गर्दा आज बिहान उनलाई विषालु सर्प गोमनले डसेको हो । गौर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

शरीरमा सर्पको विषको मात्रा धेरै नै फैलिसकेको हुँदा ‘एन्टी स्नेक भेनम’ ले काम नगरेको अस्तालले जनाएको छ ।
मृतकको शव परीक्षण हुन बाँकी छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts