काठमाडौँ, ११ असार । कृषि वैज्ञानिक ध्रुव जोशीले लेख्नुभएको नेपालको समसामयीक राजनीतिमा आधारित पुस्तक ‘नेपाल्स रिपब्लिक एन्ड इन्डिया करिडरर्स अफ पावर’ आजदेखि बजारमा आएको छ ।
भारतीय प्रशासनगृह मानस पब्लिकेसन्सले बजारमा ल्याएको उक्त पुस्तकमा सन् २००२ देखि २०१५ सम्मका नेपाल–भारत सम्बन्धका विविध आयाम, भूटानी शरणार्थी समस्या, माओवादी आन्दोलन, उक्त आन्दोलनको अन्त्य अनमिनको आगमन, संविधानसभा निर्वाचन र राजतन्त्रको अन्त्यलगायत ५७ विधामा रचना गरिएको छ ।
यहाँ आज आयोजित एक कार्यक्रममा प्राध्यापक डा श्रीधर गौतम, अवकाशप्राप्त रथी बालानन्द शर्मा, पूर्वराजदूत शम्भूराम सिंखडा र यहाँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख विजयकुमारले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
मोटो गातामा उपलब्ध ३०० पृष्ठको उक्त पुस्तकको मूल्य भारु ७९५ तोकिएको छ । रासस
No related posts.
No comments:
Post a Comment