Sunday, June 26, 2016

प्रतिपक्षी दलको अवरोधका कारण सदन स्थगित

काठमाडौँ, १२ असार । व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसद अर्जुनप्रसाद जोशीले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न रु दुई लाख दिने विषयमा प्रतिपक्षी दलसँग सरकारले खुलेर कुराकानी गर्न नचाहेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भूकम्पपीडित जनतालाई घर बनाउन एकमुष्ट रु दुई लाख दिने सरकारको लिखित प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने जानकारी गराउनुभयो ।

यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरु आ–आफ्ना आसनबाट उठ्नुभएको थियो । सभामुख ओनसरी घर्तीले जनताको आशा पूरा गर्न सदनको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्दै यसमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दलसँग आग्रह गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणबारे सदनलाई जानकारी दिन खोजिरहनुभएकाले पहिले उहाँका कुरा सुन्न र अनि प्रश्न गर्न पनि आग्रह गर्नुभएको थियो ।

यसपछि प्रतिपक्षी दलका सांसद आ–आफ्ना आसनबाट उठिरहनु भएका कारण सभामुख घर्तीले बैठक भोलि सोमबार दिनको १ बजेसम्मका लागि स्थगन गरेका घोषणा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts