Thursday, June 9, 2016

उपप्रधानमन्त्री थापा भारत जाँदै

काठमाडौँ, २७ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले राससलाई बताउनुभयो ।

उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनुहुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts