काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाउनुभएको छ ।
काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताउनुभयो ।
नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । उहाँले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकका हरेक आन्दोलन काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका नेता बद्री पाण्डे, प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनुहुनेछ ।
ज्येष्ठ नागरिक सम्मान
वडा नागरिक मञ्च कामपा–२९ ले ८८ वर्ष उमेर पार गरेका १२ सहित २०५ ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गरेको छ ।
मञ्चले लैनचौरमा आयोजित कार्यक्रममा ७५ वर्ष नाघेका आमाहरका साथै ८० नाघेका बुवाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सांसद भीमसेनदास प्रधानले दोसल्ला, हर्लिक्स र नगदसहित सम्मान गर्नुभयो । अठासी वर्ष नाघेका १२ जनालाई कामपाले रु १० हजारका दरले सम्मान गरेको थियो ।
वडा नागरिक मञ्चका अध्यक्ष ख्यामराज तिवारीले वृद्धवृद्धा राष्ट्रका गहना भएकाले उहाँहरुले देखाएको बाटालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment