Thursday, June 9, 2016

ट्रकमा पेट्रोल बम प्रहार गर्दा दुई घाइते

रौतहट, २७ जेठ । विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ताले आज बिहान प्रहार गरेको पेट्रोल बमबाट दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पौराई जङ्गल क्षेत्रमा आज बिहान ना६ख ४६१५ नंको ट्रकमा पेट्रोल बम प्रहार हुँदा चालक बलराम भण्डारी तथा सहचालक वसन्त मगर गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुको अनुहार, हात र कपाल जलेको छ ।

दुवै जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेकोे छ ।

माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

गौर–चन्द्रनिगाहपुर राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गमा बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् । निजी सवारी साधन भने उल्लेख्य मात्रामा गुडेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts