Sunday, July 17, 2016

चालकका सहयोगीको ज्यान गयो

बैतडी, २ साउन । दार्चुलाबाट काठमाडौँका लागि छुटेको महाकाली यातायातको ना ६ ख १२२१ नं को बसको ढोकामा च्यापिएर आज सोही बसको चालकका सहयोगीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला जिल्ला डाँडाकोट–५ का २४ वर्षीय जगदीश खत्रीको ज्यान गएको हो ।

बस र चालक दार्चुला देथला–६ का डम्बरसिंह खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts