Sunday, July 17, 2016

साझा प्रकाशन टोलीबाट छड्के निरीक्षण

धनगढी, २ साउन । साझा प्रकाशन सञ्चालक समितिको टोलीले आज यहाँस्थित साझा प्रकाशन क्षेत्रीय कार्यालयको छड्के निरीक्षण गरेको छ ।

प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको नेतृत्वको टोलीले गरेको निरीक्षणमा कार्यालयका प्रमुख छविलाल रिलामीलगायत कर्मचारी छड्केमा परेको टोलीमा रहेका प्रकाश सिलवालले बताउनुभयो । साझा प्रकाशन क्षेत्रीय कार्यालय धनगढीमा सातजना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

प्रकाशनको सञ्चालक समितिका सदस्य डा विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनालसमेत सहभागी टोलीले क्षेत्रीय कार्यालय धनगढीको स्वामित्वमा रहेको चलअचल सम्पतिबारे पनि जानकारी लिएको छ ।

साझा प्रकाशनले वर्षौँदेखि विद्यालय तहका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको थियो । यद्यपि पछिल्लो केही वर्षदेखि जनक शिक्षा सामग्री केन्द्र आफैले पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेकाले प्रकाशन घाटामा गई हाल कामविहीन झैँ अवस्थामा पुगेको बताइन्छ ।

हाल रु ४० करोड ऋणमा डुबेको साझा प्रकाशनलाई सरकारबाट सहयोग नभएपछि देशभर रहेका आफ्ना चल अचल सम्पति बिक्री गरेर ऋण चुक्ता गर्ने योजनाअनुसार प्रकाशन सञ्चालक समितिको टोली निरीक्षणमा आएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts