Sunday, July 17, 2016

चन्दा असुली गर्ने युवक पक्राउ

पर्सा, २ साउन । भूमिगत समूहको नामबाट चन्दा असुल्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । सरकारी विद्यालयका शिक्षकलाई धम्की दिएर चन्दा असुलेको आरोपमा वीरगन्ज उपमहानगरपालिका–३० का ३८ वर्षीय रामाधार राउत यादवलाई प्रहरीले सार्वजनिक गरेको हो ।

मधेस थरुहट मुक्ति पार्टीको नामबाट सरकारी विद्यालयका शिक्षकसँग चन्दा असुल्ने गिरोहमा संलग्न रहेको आरोपी यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भूमिगत समूहको नाममा चन्दा असुली गर्दै हिँडेका यादवलाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उदयपुर घुर्मीबाट शुक्रबार पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उनको साथबाट मधेस थरुहट मुक्ति पार्टीको पर्चा, शिक्षकलाई चन्दाका लागि लेखिएको धम्कीपूर्ण पत्र र एक थान मोबाइल सेटसमेत बरामद गरिएको उपरीक्षक श्रेष्ठले बताउनुभयो । यादवले विगत तीन महिनादेखि भूमिगत समूहको नाममा विभिन्न सरकारी विद्यालयका शिक्षकबाट चन्दा असुली गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

पर्साको ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका ६९ शिक्षकबाट उनले रु एक हजारका दरले चन्दा सङ्कलन गरेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts