Saturday, July 16, 2016

साउने सङ्क्रान्ति मनाइयो

काठमाडौँ, १ साउन । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेको दिन आज बेलुकी कण्डारकको पूजा गरी बलेको अगुल्टो फालेर साउने सङ्क्रान्ति मनाइएको छ ।

खेतीपाती लगाउन व्यस्त भएका मानिस आज बिहानैदेखि स्नान गरी घरसमेत सफा गरेर आफन्त एकापसमा जम्मा भई रमाउने गर्छन् ।

माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि आजैदेखि सुरु हुन्छ ।

आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने)को पूजा गरी बलेको अगुल्टो फाले वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts