बैतडी, १ साउन । महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ मा आज साँझ ७ बजेर १० मिनेटमा एउटा ट्रक पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गोकुलेश्वरबाट धनगढीका लागी छुटेको से १ ख ११६० नंको मिनीट्रक पहिरोमा पुरिएको प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अवरुद्घ बनेको सडक पन्छाइसकेपछि ट्रक पास गर्न खोज्दा माथिबाट आएको पहिरोले पुरेको हो ।”
ट्रकमा रहेका चालक र सहचालक भने भाग्न सफल भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।
अविरल वर्षापछि पहिरोेका कारण शुक्रवार बेलुकादेखि सडक अवरुद्ध भएको छ । रासस
–––––––––––
No related posts.
No comments:
Post a Comment