Saturday, July 23, 2016

मुलुकलाई समृद्ध बनाउन नागरिक सम्पन्न हुनु जरुरी : नेता खाँड

ललितपुर, ८ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले मुलुकलाई समृद्ध बनाउन हरेक नागरिक सम्पन्न हुनु जरुरी रहेको बताउनुभएको छ ।

नेसनल कोअपरेर्टस एलाइन्स नेपाल जिल्ला समिति ललितपुरको प्रथम अधिवेशनको आज यहाँ उद्घाट्न गर्दै उहाँले सहकारीमार्फत हरेक जनतालाई आर्थिक समृद्ध बनाउन सके देशको विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।

उहाँले देशको आर्थिक विकास र निर्माण कार्यमा सहकारी क्षेत्रको अह्म भूमिका हुनुपर्ने समेत प्रस्ट पार्नुभयो ।

सांसद मदनबहादुर अमात्यले सहकारीको मूल मर्मअनुरुप नै सहकारीकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक आचरण र संस्कार भएका व्यक्तिले मात्र संस्थालाई अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

सांसद उदयशम्शेर राणाले सहकारीको माध्यमले आर्थिक र सामाजिकरुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । आफ्नो सांसद विकास क्षेत्र कोषको २५ प्रतिशत रकम महिला नेतृत्व विकासका लागि हरेक वर्ष छुट्याइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

काँग्रेस निकट मानिएको एलाइन्सले देशको २५ जिल्लामा समिति गठन भइसकेको जिल्ला अध्यक्ष राजेन्द्र पौड्यालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts