Saturday, July 16, 2016

दुई बस ठक्कर खाँदा एकको मृत्यु, १८ घाइते

चितवन, १ साउन । पृथ्वी राजमार्गको कुरिनटारमा आज साँझ पर्यटक बस र यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको बुटवल बस्ने ४० वर्षीय राजन शर्मा खनाल रहेका छन् । उनी पर्यटक बसका चालक हुन् ।

दारेचोक गाविस–३ निवाटारमा काठमाडौँतर्फ जाँदै गरेको बा१प ७९० नंको पर्यटक बस र विपरीत दिशातर्फ आउँदै गरेको ना४ख ८२५५ नंको यात्रुबाहक बस ६ः३० बजे एकापसमा ठक्कर खाएको थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । पर्यटक बस भ्याली कलेज सीतापाइला काठमाडौँका विद्यार्थी पोखरा घुमाएर फर्किने क्रममा दुर्घटनामा परेको हो । घटनास्थल मुग्लिनबाट पाँच किमी काठमाडौँतर्फ पर्दछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts