भक्तपुर, १ साउन । प्रधानमन्त्री ओलीको पक्षमा आज भक्तपुरमा युवाले विशाल ¥याली प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आह्वान गरिएको कार्यक्रममा स्वतःस्फूर्त रुपमा आएका युवाले ‘आइ एम विथ केपी ओली’ नारा दिएर विभिन्न प्लेकार्ड बोकी भक्तपुर नगरपालिका क्षेत्रको परिक्रमा गरेका थिए । सहभागीहरुले प्रधानमन्त्री ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
हजारौँको सङ्ख्यामा नेपालको झन्डासहित सहभागी युवा एवम् किशोर– किशोरीले ओलीको तस्बिर अङ्कित प्लेकार्ड बोकेर कमलविनायकबाट सुरु गरेको ¥याली च्यामासिंह, सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, पाँचतले मन्दिर, नासमना, बंशगोपाल, दूधपाटी, इनाचो हुँदै दरबारस्क्वायर आएर समापन भएको सहभागी नगरकोट निवासी जयराम बाँस्तोलाले बताउनुभयो ।
कार्यक्रममा सहभागी अनिल अधिकारीले सामाजिक सञ्जालमा आह्वान गरेकै भरमा हजाराँै युवा–युवती सहभागी भएको बताउँदै कामै गर्न नदिई कुर्सीकै लागि सरकार ढाल्ने प्रवृत्तिको आलोचना गर्न पनि ¥यालीको आयोजना गरेको बताउनुभयो । रासस
No comments:
Post a Comment