बैतडी, १ साउन । मदिराले हिंसाका घटना तथा सामाजिक विकृति बढ्न थालेपछि बैतडीको थालाकाँडा गाविसमा आज मदिरा निषेध गरिएको छ । गाविसमा मदिराजन्य गतिविधिहरु धेरै हुन थालेपछि आजदेखि मदिरा बेचबिखन तथा ओसारपसार र सेवन बन्द गरिएको हो ।
गाविसमा आजदेखि कसैले मदिराको कारोबार, ओसारपसार र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको गाविस सचिव टेकराज खड्काले जानकारी दिनुभयो ।
मदिरा बेचबिखन गर्नेलाई पहिलोचोटी सात हजार र सेवन गर्नेलाई तीन हजार जरिवाना गरिने बताइएको छ ।
निषेध गरिएका क्रियाकलाप कसैले दो¥याएर गरेको पाइएमा दोब्बर जरिवाना गरिने निर्णय भएको स्थानीयवासी भक्त साउदले जानकारी दिनुभयो ।
गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नुका साथै विकृति फैलिएको भन्दै गाविसमा मदिरा निषेध गरिएको हो । रासस
No comments:
Post a Comment